प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र निष्काशनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् नियुक्त


ज्ञानमाण्डू। प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई नियुक्त गरेको छ । सो सम्बन्धी बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
https://insurancekhabar.com/wp-content/uploads/2019/11/prabhu-jakka-436x300.jpg
प्रभु बैंकले १० प्रतिशत व्याज सहित आठ वर्ष अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” नामक २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न संझौता गरिएको छ ।

बैंकले १० प्रतिशत व्याज सहित आठ वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले कूल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गर्न लागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x