प्रभु बैंककाे नाफा ६२ करोड ८४ लाख

ज्ञानमाण्डू। प्रभु बैंकको नाफा ५.०२ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ५९ करोड ८४ लाख नाफा कमाएको थियो भने अहिले ६२ करोड ८४ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब ८९ करोड २६ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैंकले १ खर्ब ६ अर्ब ४६ करोड ९३ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड ५३ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ३९ करोड २१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २४.१ प्रतिशतले वृद्धि भएर १ अर्ब ४० करोड ६८ लाख ४० हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ३.३२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ १२ पैसा छ र मूल्य आम्दानी अनुपात ९.३७ गुणा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x