एनआरएनलाई ढकालले भने "वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्"

ज्ञानमाण्डू।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई नेपालका एकजना उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दै उनले भने "सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको छ, तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको छ भन्दा पनि हुन्छ ।"

ढकालले भने, मलाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गर्नुभएको छ, तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ ।

उन्ले नेपालमा गैर आवासीय नेपालीहरुसँग मिलेर २७ मेघावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुइओटा प्रोजेक्ट गरेको र जुन नेपाली उद्यमशिलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै रहेकोे उल्लेख गरे ।

यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै उनले थपे– आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् ।
आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले, हेर्नुहोस्, सोचेजस्तो त कहीँ पनि हुँदैन, अमेरिकामा नै पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा छन् भने ।

हाल तीन तहको सरकार बनेपछि त एक किसीमले भन्ने हो भने आफ्नो प्रदेशमा लगानी भित्र्याउन प्रतिश्पर्धा नै भएको आफूले पाएको भन्दै त्यहाँ लगानीको वातावरण बनाउने सुनिश्चितता सरकारले नै गरिरहेका छन् भन्दै संसारमा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालका सम्भावना भएका क्षेत्रहरु जस्तै जलविद्युत, पर्यटन, कृषि लगायतमा लगानी गर्न पनि सुझाव दिएका छन् ।

आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिने धारणा राख्दै विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको विशिष्ट प्रकारको ज्ञान र क्षमता आर्जन गरेकोले त्यसलाई आफ्नो मातृभूमिमै प्रयोग गर्न र त्यसबाट लाभान्वित हुन पनि ढकालले सुझाव दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x