गुराँस लघुवित्तको लाभांशमा संशोधन

ज्ञानमाण्डू। गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि पुरानो लाभांशदरमा संशोधन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकसँगको छलफलपछि कम्पनीले ७ दशमलव ६१ प्रतिशत बोनस सेयर दिने भएको छ भने बोनस सेयरमा लाग्ने करका लागि ० दशमलव ४० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको जनाएको छ ।

यसअघि गुराँस लघुवित्तले ८ दशमलव ३८७ प्रतिशत बोनस सेयर र ० दशमलव ४४१ प्रतिशत नगद वितरण गर्ने जनाएको थियो ।

संशोधित लाभांश 
नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र लगानीकर्तालाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x