नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली  बिभागले आज एक निर्देशन जारीगर्दै डेबिट कार्डबाट  न्यूनतम प्रति कारोबार रु ५०० /- देखि  आधिक्तम रु २०,०००/- सम्म नगद झिक्न पाइने तर प्रति दिन रु ६०,०००/-  भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरेको छ यस अघि प्रति कारोबार रु ५०० /- देखि  आधिकतम रु २५,०००/- सम्म नगद झिक्न पाइने तर प्रति दिन रु १,००,०००/-  भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था थियो। त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरुले Issuer र Acquirer फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रति कारोबार न्यूनतम रु ५००/- देखि आधिकतम रु २०,०००/- सम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्ने छ।  यस अघि प्रति कारोबार न्यूनतम रु ५००/- देखि आधिक्तम रु २५,०००/- सम्म नगद झिक्न सक्ने व्यवस्था थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x