राजपुरमा हेलिप्याड निर्माण : विपद् व्यवस्थापनमा सजिलो भो

ज्ञानमाण्डू।नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

विपद् व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित सो हेलिप्याड राजपुर गाउँपालिकालाई मङ्गलवार हस्तान्तरण गरिएको छ । 

गाउँपालिकाको रु तीन लाख लागतमा राजपुर–५ को सालभौरीमा रहेको सो हेलिप्याडको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गरेका छन् । हेलिप्याड निर्माणपछि स्थानीयवासी खुसी बनेका छन् । 

विगतमा बाढी आउँदा स्थानीयवासीलाई उद्धार गर्न नसक्दा समस्या भएको थियो । रातिमा पनि हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्न सक्ने गरी बत्तीको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष लोकराज केसीले जानकारी दिए । ३० जना अट्ने नेपाली सेनाको ठुलो एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सक्ने हेलिप्याडको क्षमता रहेको छ । 

कार्यक्रममा १९ नं बाहिनीका सहायकरथी सुशीलकुमार भण्डारीले विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिँदै नवनिर्मित हेलिप्याडले दुर्गम राजपुर गाउँपालिकालाई विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x