वन बिज्ञान अध्ययान संस्थानमा नेपाल बैंकले गर्याे एक्सटेन्सन काउण्टर र एटीएम सञ्चालन

ज्ञानमाण्डू।नेपाल बैंकले पोखरा महानगरपालिका–१५ स्थित वन बिज्ञान अध्ययान संस्थानमा एक्सटेन्सन काउण्टर र एटीएम सञ्चालन गरिएको छ । बैंकले नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखा अन्र्तगत एक्सटेन्सन काउण्टर र एटीएम सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउण्टरको पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष प्रकाश पौडेल, नेपाल बैंक लिमिटेड गण्डकी प्रदेशिक कार्यालयका प्रमुख विनय केशरी पौड्याल, वन विज्ञान अध्ययन संस्थान पोखराका क्याम्पस प्रमुख भरत महतो र पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
हाल गण्डकी प्रदेशमा बिभिन्न २२ वटा शाखाहरु, १५ वटा एटीएम र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत बैंकले सरकारी काराेबार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x