नबिल बैंकको नाफा ३ अर्ब १५ करोड

ज्ञानमाण्डू। नबिल बैंकको नाफा १.०१ प्रतिशतले घटेकाे छ । गत आ.व.को तेस्रो त्रैमाससम्ममाबैङ्कले ३ अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो भने चालु आ.व.को तेस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल
बैंकले १ खर्ब ७१ अर्ब ०२ करोड ४३ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब ३९ करोड ८ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब ७६ करोड ९५ लाख ८७ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब ९ कराेड ५२ लाख ८४ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.७३ प्रतिशतले घटेर ५ अर्ब ३७ करोड ५ लाख १२ हजार रुपैयाँ पुगेकाे छ । बैंङ्कमा निष्कृय कर्जा अनुपात ०.६३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २१ पैसा छ र मूल्य आम्दानी अनुपात १६.८१ गुणा छ ।

As on  30th Chaitra 2076 BS

विवरण
तेस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू १०,०९,७४,९७
निक्षेप संकलन
रू १,७१,०२,४३,२८
कर्जा लगानी
रू १,४९,३९,०८,९८
खुद ब्याज आम्दानी
रू ५,३७,०५,१२
नाफा/(नाेक्सान)
रू ३,१५,८६,८६
जगेडा कोष
रू १२,७६,९५,८७
संचित मुनाफा
रू २,०९,५२,८४
निष्कृय कर्जा
०.६३%
प्रतिशेयर आम्दानी
४१ रुपैयाँ ७१ पैसा
प्रतिशेयर नेटवर्थ
२४७ रुपैयाँ २१ पैसा
आम्दानी अनुपात
१६.८१ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x