नबिल बैङ्कद्वारा २५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीहरू सम्मानित

ज्ञानमाण्डू।नबिल बैङ्कले आफ्नो ३५औं वार्षिकोत्सवको अवसर पारेर यस बैङ्कमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरूलाई कदर स्वरूप स्मारिका प्रदान गरी सम्मान गरेका छन् । 
उक्त समारोहमा बैङ्कका पूर्व अध्यक्ष, सञ्चालक समितिका निर्देशकहरू, पूर्व सञ्चालक समितिका निर्देशकहरू, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरूको समेत भव्य उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x