जनता बैंक र Leadership Academy Nepal (LAN) बिच कर्मचारी तालिम सम्बन्धि संझौता

ज्ञानमाण्डू। जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र Leadership Academy Nepal (LAN) बिच संझौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंवर क्षेत्री र LANका फाउण्डर तथा CTO अरुण राज जोशीले हस्ताक्षर गरेका छन् । 

 Leadership Academy Nepal (LAN)ले Rice University Business School, USA को उच्च स्तरीय तथा अन्तराट्रिय स्तरको सिप बिकास, ब्यबसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्ने, यस्ता तालिम तथा सिप मुलक शिक्षा Online Course, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गर्ने, LANले बिशेष गरी Advance Leadership Program, Executive Leadership Program, Online Rice Delivery जस्ता कार्यक्रम मार्फत शिक्षा प्रदान गर्ने र यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास बंैकले लिइएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x