पर्यटकीय सम्भावना खोज्दै बागलुङ–ढोरपाटन साइकलयात्रा

ज्ञानमाण्डू।बागलुङ जिल्लामा पछिल्लो समय पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । शनिवार मात्र नेपालका विभिन्न स्थानबाट आएका उत्साही युवाको टोलीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी गर्दै बागलुङबाट ढोरपाटनसम्मको साइकलयात्रा तय गरेका छन् । 

साइकल पर्यटनमा लामो समय सक्रिय रूपमा लाग्नुभएका पद्येन्द्रनाथ कर्माचार्य, कवि महर्जन, रविकर तामाङ र शरद चन्दको समूह पाँच दिने अध्ययनका क्रममा साइकलयात्रामा ढोरपाटन निस्किएका हुन् । जिल्ला सदरमुकामबाट नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनसम्म पुग्ने साइकलयात्राका विभिन्न स्थानको गन्तव्य ‘रुट’ पहिचानका लागि साहसिक साइकलयात्रा तय गरिएको युवा टोलीले जनाएको छ । 

पाँच दिने साइकलयात्राका क्रममा साइकलमार्फत ढोरपाटन पुग्नका लागि आवश्यक रुट, आवास तथा विश्राम स्थललगायतका सम्भावनाको पहिचान गरिने ट्रेकिङ व्यवसायी महादेव शर्माले जानकारी दिए । “हामीले बागलुङबाट ढोरपाटनसम्मको पाँच दिनको साइकल यात्राका क्रममा लाग्ने समय, सडकको अवस्थाको खोजी गर्नेछौँ”, शर्माले भने, “हामीले साइकलयात्राको सम्भावना खोज्न साइकलयात्राको अनुभव नै उत्तम हुनेछ ।”

साहसिक पर्यटनमा रुचि भएका स्वदेशी तथा विदेशी पाहुनालाई साइकलमार्फत बागलुङ बजार, काठेखोला गाउँपालिका–४ फापरखेत, बिहुँको घोडाबाधे, गलकोट, नमुना सहर बुर्तिवाङ हुँदै ढोरपाटन पुर्‍याउनका लागि सम्भावनाको खोजी गरिने टोलीको लक्ष्य छ । यो यात्रामा निस्किएका युवा ट्रेकिङ व्यवसाय तथा लामो समयदेखि विभिन्न स्थानमा साहसिक साइकलयात्रासहितको पर्यटन प्रवर्द्धनमा सक्रिय छन् । 

नेपालमा साहसिक पर्यटनअन्तर्गत साइकल पर्यटनसमेत महत्त्वपूर्ण भएकाले बागलुङ हुँदै ढोरपाटनसम्म साइकलमार्फत पर्यटक पुर्‍याउने उद्देश्य राखेर अध्ययनका लागि साइकलयात्रामा हिँडेको १० वर्षदेखि साइकल पर्यटन व्यवसायसँग आबद्ध तथा ललितपुर साइकल समूहका सचिव पद्येन्द्रनाथ कर्माचार्यले बताए । कर्माचार्यका अनुसार साइकल रुटको अवस्था, साइकलयात्रामा लाग्ने समय, बिचमा बस्ने स्थान तथा ढोरपाटनको सम्भावनालगायतका विषयमा अध्ययन गरिनेछ । 

अध्ययनपश्चात् साइकल पर्यटनको सम्भावना देखिएमा विदेशी तथा स्वदेशी पर्यटक साइकलमार्फत ढोरपाटन पुर्‍याउने लक्ष्य राखेको अर्का साइकल व्यवसायमा आबद्ध साइकलयात्री कवि महर्जनले जानकारी दिए । सडकमार्गका माध्यमबाट ढोरपाटन पुग्न सकिने भए पनि कतिपय पर्यटक साइकलमार्फत पर्यटकीयस्थल पुग्न रुचाउँछन् । बागलुङ बजारबाट ढोरपाटन १४० किलोमिटरको दुरी छ । गाडीमा एक दिनको यात्रामा पुग्न सकिन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x