विश्वकप क्रिकेट प्रतियोगिता सुरु, उद्धघाटन खेलमा इंग्ल्यान्डको विजयी सुरुवात

ज्ञानमाण्डू।लण्डनको किनिङटोन ओभलमा भएको एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन जोड्ने ओपनर डि कक र भान डेर डुसेनले क्रमश: ६८ रन र ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै एडिले लक्कीले २४ तथा हसिम अमलाले १३ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्निय रन जोड्न सकेनन् ।
इंग्ल्यान्डलाई सहज जित दिलाउन जोफ्रा आर्चरले तीन विकेट लिए । त्यस्तै लियाम प्लुंकेट र बेन स्टोक्सले समान २-२ विकेट लिए । मोइन अली र आदिल राशीदले पनि समान १-१ विकेट लिन सफल रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको लागि चयन भएको निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । इंग्ल्यान्डका लागि बेन स्टोक्स महत्वपूर्ण योगदान दिए । इंग्ल्यान्डका लागि बेन स्टोक्सले ७९ बलमा ९ चौकाको मद्दतमा ८९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, इंग्ल्यान्डका अन्य तीन खेलाडीले अर्धशतक बनाए ।
ओपनर जोनी बेयरस्टोलाई पहिलो ओभरको दोस्रो बलमै गुमाएको इंग्ल्यान्डका अर्का ओपनर जोसन रोयले ८ चौका सहित ५४ रन जोड्ना सफल रहे । इंग्ल्यान्डका लागि जो रुटले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रुट र रोयले दोस्रो विकेटका लागि १०६ रनको शतीकय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

रुट र रोय आउट भएपछि दवावमा परेको इंग्ल्यान्डलाई चौथो विकेटका लागि कप्तान इओन मोर्गन र बेन स्टोक्सले पनि १०६ रनको साझेदारी खेल खेल्न सफल रहे। इंग्ल्यान्डका लागी चौथो अर्धशतकीय इनिङ्सको योगदन पुर्‍याएका कप्तान इओन मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार सहित ५७ रन जोड्न सके । त्यस्तै जोस बट्लर १८, क्रिस वोक्स १३, मोइन अली ३, लाइम प्लङकेटले ९ रन बनाउँदा जोफ्रा आर्चरले ७ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ३ विकेट लिए । कागिसो रबाडा र इमरान ताहिरको नाममा समान २- विकेट रह्यो । त्यस्तै, एन्डिले फेलुक्वायोले १ विकेट लिए। इमरान ताहिर विश्वकप इतिहासको पहिलो ओभरमा बव्लिङ गर्ने सर्वप्रथम स्पिन बलरका नाममा सम्मानित भए ।

इंग्ल्यान्डको जितमा उत्कृष्ट प्रदर्शन देखाएका बेन स्टोक्सलाई प्लेयर अफ दि म्याचको उपाधि दिइएको थियो । जितसंगै इंग्ल्यान्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार वेष्ट इण्डिज र पाकिस्तानबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x