सेमिफाइनल खेल्ने आसा जिवितै राख्न दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब

ज्ञानमाण्डू।आईसीसी विश्वकप क्रिकेटमा आज (बुधबार) न्युजिल्यान्ड र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।न्युजिल्यान्ड लिग चरणको पाँचौ र साउथ अफ्रिका छैटौ खेलमा प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै तेस्रो स्थानमा छ । आजको खेलमा विजयी भए न्युजिल्यान्ड शीर्षस्थानमा उक्लिदै सेमिफाइनल खेल्ने यात्रा बलियो बनाउने छ ।

न्युजिल्यान्डले श्रीलंकालाई १० विकेट,बंगलादेशलाई २ र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । भारतसँगको खेलमा भने वर्षाको कारण अंक बाँडेको थियो । दक्षिण अफ्रिका ५ खेलमा १ मा जित, ३ मा हार र १ खेलमा अंक बाड्दै ३ अंकका साथ आठौं स्थानमा छ ।

दबाबमा रहेको दक्षिण अफ्रिकाले सुरुवाती ५ खेलमा उसले एकमा मात्र जित निकालेको छ । शीर्ष चारको होडमा फर्कने हो भने अफ्रिकाले  अपराजित टिम न्युजिल्यान्डविरुद्वको खेल अवसर हुन सक्छ ।दक्षिण अफ्रिकालागि यो  पुनरागमन गर्ने ठुलो  अवसर पनि हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x