धितोपत्र बजारमा ४१.३९ अंकको वृद्धि, नेप्से परिसूचक १९६२.७१ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर १९६२ दशमलव ७१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ५५ अंकले बढेर ३७९ दशमलव १५ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीका ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर रु १ अर्ब ४३ करोड १४ लाख ६४० मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ९ दशमलव ९७ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १०६.७३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ८७.१० अङ्कले, विकास बैंक उपसमूह १४१.३८ अङ्कले, जलविद्युत उपसमूह ८२.४८ अङ्कले, वित्त उपसमूह ५७.०७ अङ्कले, निर्जीवन बीमा १९४.६६ अङ्कले, उत्पादन उपसमूह १३१.७४ अङ्कले, अन्य उपसमूह ५०.३६ अङ्कले, लघुवित्त उपसमूह ११५.३२ अङ्कले, जीवन बीमा उपसमूह १२३.८६ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ३९ अङ्कले र लगानी उपसमूह १ दशमलव ५३ अङ्कले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x