रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओ आज देखि खुल्ला, क-कसले दिन पाउँछन् आवेदन?


ज्ञानमाण्डू। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३-बृद्धिम, ४-लाङटाङ, ५-स्याफ्रुबेशी र ६-धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीले योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम १० कित्ता शेयर र अधिकतम ७०० कित्ता तोकेको छ। सो कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित दरका ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार २७ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा साउन १० गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले रसुवागढी हाइड्रोपावर लिमिटेडकाे कार्यालय महाराजगंजबाट र यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह बिऋी प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x