सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने म्याद २०७६ साल आषाढ मसान्त सम्म बढाइयो

ज्ञानमाण्डू। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ साल कार्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै काठमाडौ उपत्यका भित्रका रोजगारदाताले २०७५ साल मंसिर ६ गतेको मितिले, काठमाडौ उपत्यका बाहेक प्रदेश नंं. ३ को अन्य स्थानका रोजगारदाताले २०७५ साल मंसिर १५ गतेको मितिले, प्रदेश नंं. १ का रोजगारदाताले २०७५ साल पुस १ गतेको मितिले, प्रदेश नंं. २ का रोजगारदाताले २०७५ साल पुस १५ गतेको मितिले, गण्डकी प्रदेश र प्रदेश नंं.  ५ का रोजगारदाताले २०७५ साल माघ १ गतेको मितिले, कर्णाली र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले २०७५ साल माघ १५ गतेको मितिले तीन महिना भित्र सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनको लागि सामाजिक सुरक्षा कोषले तयार गरेको अनलाइन कम्प्यूटर प्रणलि मार्फत निवेदन दिन सूचित गरे बमोजिम सबै प्रदेशमा सूचित हुने मिति समाप्त भै सकेको छ  भने सामाजिक सुरक्षा कोषले सो बमोजिम सुचिकृत हुनका लागि आवेदन गर्ने रोजगारदाताहरुको विवरण समेत प्रकाशित गरेको छ । (पुरा विवरण हेर्न https://ssf.gov.np/uploads/content/1553242420_np.pdf मा क्लिक गर्नुहोुस्)

यसै विच मिति २०७५ साल चैत्र २९ गते सामाजिक सुरक्षा कोषले एक सूचना प्रकाशित गर्दै २०७५ साल कार्तिक २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनानुसार कोषमा सूचिकरण हुन नआएका,आउन नसकेका रोजगारदाता तथा श्रमिकहरुलाई सो कोषमा सूचिकृतहुन सामाजिक सुरक्षा कोषको Social Security Information System (SOSYS) मा २०७६ साल असार मसान्त सम्म निवेदन दिई सूचिकृत भई सक्नका लागि सूचित गरेको जनाएको छ ।

पूरा सूचना हेर्नhttps://ssf.gov.np/uploads/content/1555053476_np.pdf मा क्लिक गर्नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x