आँखुखाेला जलविद्युत कम्पनीले आज १३ औँ र १४ औँ वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडले असार १२ गते (आज) १३ औँ र १४ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अर्पण व्यङ्क्वेट, नयाँ वानेशवर, थापागाउँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व. ) २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र आ.व. २०७८/७९ को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

त्यसै गरी सर्वसाधारण शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला र संस्थापक समुह शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व गर्ने गरी चार जना सञ्चालकहरूको निर्वाचन पनि सोही सभाले गर्ने छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेष्ठ २७ गते एक दिनकाे लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा जेष्ठ २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x