आक्रामक नाफा बढाएकाे कामना सेवा विकास बैङ्ककाे लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। कामना सेवा विकास बैङ्कको नाफा ४८५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ११ कराेड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ७० कराेड २ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ अर्ब ६५ कराेड रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैङ्कले ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८४ करोड ४३ लाख रुपैयाँ र संचित मुनाफा ४४ कराेड ४८ लाख रूपैयाँ रहेको छ ।

kamana sewa bikas bank

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३० प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४३ कराेड ४५ लाख रुपैयाँ रहेकाे छ अर्थात कामना सेवा विकास बैंकले आफ्ना शेयरधनिहरूलाई १६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे निष्कृय कर्जा अनुपात १.५० प्रतिशत र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात २३.४६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x