सिद्धार्थ बैंकले आज देखि १०.७५% ब्याजदरमा ऋणपत्र निष्कासन गर्दै


ज्ञानमाण्डू। सिद्धार्थ बैंक लिमिटेडले १० वर्ष अवधिकाे (एस.बि.एल डिबेन्चर २०८९) वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र असार १० गते (आज) देखि विक्रीका लागि खुला भएको छ । बैंकको अनुसार योग्य आवेदकले दिनुपर्ने न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म दिन पाउने बैंकले जनाएकाे छ।

विक्री हुन लागेको कम्पनीको रु. ४ अर्ब बराबरको ४० लाख कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१००० तोकिएको छ। कुल कित्ता मध्ये ६० प्रतिशत अर्थात रु. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता बैंक आफैले व्यक्तिगत तर्फबाट विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात रु. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्ने छ। सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८०,००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको बैंकले जनाएकाे छ।

सो कम्पनीको ऋणपत्र शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार १४ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा आवेदकले ढिलोमा असार २४ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

बिऋी प्रबन्धक साथ-साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x