हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर आज देखि लिलामीमा


ज्ञानमाण्डू। हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर असार ५ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।

लिलामी मार्फत विक्री हुन लागेकाे कम्पनीकाे ३ करोड ३० लाख कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.१०० तोकिएको छ। उक्त संस्थापक शेयरहरु खरीद गर्ने इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले असार १९ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने कम्पनीले बताएकाे छ । बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहने छन् भने उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP" सङ्केतमा कारोबार गर्न योग्य हुने छ र नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहने कम्पनीले जनाएकाे छ।

इच्छुक आवेदकले ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड-विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक, सुर्खेत, घोराही-दाङ, धनगढी, महेन्द्रनगरमा आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x