धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २०३२.३४ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २०३२ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव २७ अंकले घटेर ३८९ दशमलव ९८ को विन्दुमा पुगेको छ ।


आज कूल २३० कम्पनीहरूका २९ लाख २० हजार ७०५ कित्ता शेयर रु ९९ करोड ८६ लाख ७४ हजार २६२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह ११ दशमलव ०७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १५ दशमलव ७८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३६.०१ अङ्कले, विकास बैंक उपसमूह १६.७३ अङ्कले, जलविद्युत उपसमूह ५.२२ अङ्कले, वित्त उपसमूह १७.२८ अङ्कले, निर्जीवन बीमा १०२.१९ अङ्कले, उत्पादन उपसमूह ५१.५ अङ्कले, अन्य उपसमूह १.५५ अङ्कले, लघुवित्त उपसमूह २८.०२ अङ्कले, जीवन बीमा उपसमूह १३८.१२ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९२ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x