देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (दुई महिनाको तथ्याङ्कमा आधारित)

balance of payment nepal

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत छ ।
  • आयात १३ प्रतिशतले, निर्यात ३४.९ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेकाे छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशत र अमेरिकी डलरमा ११.३ प्रतिशतले बढेकाे छ ।
  • वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेकाे सङ्ख्या १,०३,८९८ पुगेकाे छ।
  • शोधनान्तर स्थिति रु.२३ अर्ब ६८ करोडले घाटामा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ ।
  • सङ्घीय सरकारको खर्च रु.१३४ अर्ब ३४ करोड र राजस्व परिचालन रु.१४३ अर्ब ८१ करोड छ ।
  • विस्तृत मुद्राप्रदाय १.१ प्रतिशतले घटेकाे छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.५ प्रतिशतले बढेको छ ।
  • बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.९ प्रतिशतले घटेकाे छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ ।
  • वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ७.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ७.५ प्रतिशत छ ।
  • मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेर १२५ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,५८५ पुगेको छ।
  • कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
0.00%
50.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x