कुल वस्तु आयात १३ प्रतिशतले घट्याे, के हुन् नेपालमा आयात हुने प्रमुख वस्तुहरू?

चालु आर्थिक वर्ष २०७९/८० को भाद्र  महिना सम्ममा कुल वस्तु आयात १३  प्रतिशतले घटी  रु.२ खर्ब ७३ अर्ब ५९ करोड  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३ खर्ब १४ अर्ब ५१ करोड रहेको थियो ।
 
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ तथा औषधि जन्य बस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोसाक यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको लगायतका वस्तुको आयात घटेको छ ।
 
नेपालमा आयात हुने प्रमुख वस्तु, पेट्रोलियम पदार्थ, यस आर्थिक वर्षको भाद्र महिना सम्ममा ४५ अर्ब ७९  करोड बराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ३४ अर्ब १८ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतको वृद्धि हो। पेट्रोलियम पदार्थको आयातले नेपालको कुल वस्तु आयातको १६.७  प्रतिशत अंश ओगटेको छ।
 
यातायातका साधन तथा पार्ट पुर्जाको आयातले नेपालको कुल वस्तु आयातको ४.९  प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको भाद्र  महिना सम्ममा १३ अर्ब ५१  करोड बराबरको यातायातका साधन तथा पार्ट पुर्जाको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २५  अर्ब ९० करोड बराबरको यातायातका साधन तथा पार्ट पुर्जाको आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८ प्रतिशतले घटेको देखिन्छ।
 
नेपालले यस आर्थिक वर्षको भाद्र  महिना सम्ममा ११ अर्ब ८७ करोड बराबरको मेसिनरी र पार्ट्स आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले १३ अर्ब ४८ करोड रुपैयाँ बराबरको मेसिनरी र पार्ट्स आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२  प्रतिशतले घटेको देखिन्छ। 
 
औषधिको आयातले नेपालको कुल वस्तु आयातको ३.९  प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको भाद्र  महिना सम्ममा १० अर्ब ६३  करोड बराबरको औषधिको आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ८ अर्ब २१ करोड बराबरको को औषधिको आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.६ प्रतिशतले बढेको देखिन्छ।
 
नेपालले यस आर्थिक वर्षको भाद्र  महिना सम्ममा ९ अर्ब १२ करोड बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले १५ अर्ब ६० करोड रुपैयाँ बराबरको  सोयाबिन तेल आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५  प्रतिशतले घटेको देखिन्छ।
 
त्यस्तै नेपालमा आयात हुने अन्य मुख्य बस्तुहरूमा टेली कम्युनिकेसन उपकरण तथा पार्ट्स, कच्चा पाम तेल , यम यस बिलेट तथा सुन रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x