शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा

चालु आर्थिक वर्षको पाँच महिनासम्ममा मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिति) ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ। गत आ.व.को सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ कराेड रूपैयाँले घाटामा रहेको थियो । त्यसै गरी अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ काराेड ६८ लाखले बचतमा रहेको तथ्याङ्कले जनाएको छ ।
 
समीक्षा अवधिमा चालु खाता ३७ अर्ब ९१ करोड रूपैयाँले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ कराेड रूपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता चालु आ.व.को मंसिर अन्त्यसम्ममा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
 
त्यस्तै मंसिर अन्त्यसम्ममा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी भई ३ अर्ब ४७ कराेड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० अर्ब ४९ लाख रूपैयाँ रहेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रूपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रूपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x