विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.३ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढ्यो



वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०७९/८० को पुष सम्मको अवधिमा २४.३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने पुष महिनामा १ खर्ब ४ अर्ब ५८ करोड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भने विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्ष २०७९/८० को पुष अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x