विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३ प्रतिशत र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०७९/८० को मंसिर सम्मको अवधिमा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेकाे छ भने मंसिर महिनामा १ खर्ब २ अर्ब ४६ कराेड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७८/७९ काे सोही अवधिमा भने विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेकाे थियो

चालु आर्थिक वर्ष २०७९/८० को मंसिर अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेकाे थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव ६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x