नेपाल टेलिकमले परीक्षणका लागि सञ्चालन गर्याे ‘एनटीटीभी’ एप


ज्ञानमाण्डू। नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्री टु एयर (Free-to-air) टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रूपमा एन्ड्रोइड (Android) को प्ले स्टोर (Play Store) तथा एप्पल (Apple) को एप स्टोर (App Store) मा उपलब्ध गराएको कम्पनीले बताएको छ। उक्त एपमार्फत एन्ड्रोइड र IOS का मोबाइलहरूमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरू लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरू प्रत्यक्ष हेर्न सकिने छ ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्ने कम्पनीले जनाएको छ।यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटिपि कोड राखेपछि सो एप प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ। यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरू हेरेबापत हाल छुट्टै शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x