के हो स्मार्टफोन वा टिभीमा प्रयोग हुने रिफ्रेस रेट ?

रिफ्रेस रेटलाई निर्माताहरूले स्मार्टफोनमा धेरै हाईलाइट गर्ने गर्दछन् । तर धेरै कम मानिसहरूलाई मात्र रिफ्रेस रेट के हो भनेर थाहा हुन सक्छ।  मोबाइल वा स्मार्ट टिभीको रिफ्रेस दर हर्ट्जमा मापन गरिन्छ। स्मार्ट फोनमा अहिले 60Hz, 90Hz,120Hz, 144Hz वा अझै माथि सम्मको रिफ्रेस रेटहरू दिइएको हुन्छ।

रिफ्रेस रेट भनेको के हो?

वास्तवमा, एउटा फोनको डिस्प्लेले दिइएको समयमा ग्राफिक्स वा इमेजलाई प्रोसेस गरेको सङ्ख्यालाई रिफ्रेस रेट भनिन्छ। यो हर्ट्जमा मापन गरिन्छ। प्राविधिक रूपमा, फ्रेमलाई एक सेकेन्डमा रिफ्रेस गर्ने प्रक्रियालाई रिफ्रेस रेट भनिन्छ। सामान्यतया 60Hz देखि 120Hz सम्म मोबाइल फोन वा टिभीहरूमा प्रयोग गरिन्छ। हाई रिफ्रेस रेटको लागि राम्रो performance भएको हार्डवेयरकाे आवश्यकता पर्दछ। अर्को शब्दमा स्क्रिनमा रहेको इमेज एक सेकेन्डमा कति पटक र चाँडै रिफ्रेस हुन्छ भन्ने मापन नै रिफ्रेस रेट हो।  60Hz को डिस्प्लेले इमेजलाई प्रति सेकेन्ड 60 पटक रिफ्रेस गर्दछ, 90Hz ले प्रति सेकेन्ड 90 पटक, 120Hz ले प्रति सेकेन्ड 120 पटक रिफ्रेस गर्दछ।

हाई रिफ्रेस रेटका फाइदा

हाई रिफ्रेस रेटमा मोबाइल वा टिभीमा स्पोर्ट्स वा एक्सन दृश्यहरू स्मूथ तरिकाले देखिन्छन्। फ्रेमहरू जति छिटो रेन्डर हुन्छन्, डिस्प्ले त्यति नै स्मूथ देखिन्छ। साथै स्क्रोल्लिंग पनि उत्कृष्ट हुन्छ। सामान्य भाषामा भन्नुपर्दा हाई रिफ्रेस रेट भएका मोबाइल र टिभीमा ल्याग हुने समस्या हुँदैन, साथै हाई  ग्राफिक्सका गेमहरू पनि राम्रो सँग प्रोसेस गर्छन्।

हाई रिफ्रेस रेटका बेफाइदा

यसको बेफाइदा भनेको धेरै ब्याट्री खपत गर्नु नै हो। हाई  रिफ्रेस रेट भएको स्मार्टफोन वा टिभीले बढी बिजुली वा ब्याट्री  खपत गर्छन् ।

कुन रिफ्रेस रेट भएको मोबाइल लिने त ?

यदि तपाइ मोबाइलमा फोन गर्ने, म्यासेज गर्ने वा वेब सर्फिङ मात्र गर्नुहुन्छ भने तपाई लाई 60 हर्ट्ज रिफ्रेस रेट भएको मोबाइल पर्याप्त हुन्छ। यदि तपाई मोबाइलमा सामान्य गेम खेल्ने अनि भिडियो हेर्ने पनि गर्नु हुन्छ भने 90 हर्ट्ज रिफ्रेस रेट भएको मोबाइल लिनु उपयुक्त हुन्छ। यदि तपाइ माथि उल्लेखित कामहरू सहित धेरै ग्राफिक्स भएको गेमहरू खेल्नु हुन्छ भने 120 हर्ट्ज वा माथिको रिफ्रेस रेट भएको फोन लिनु सबै भन्दा राम्रो मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x