मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट


ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबलकार (Annapurna Cable Car) सँग केबलकारको सेवामा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बिच सम्झौता गरेको कम्पनीले बताएको छ। पोखराको सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबलकारको टप स्टेसन सराङकोटमा स्विइङ , स्काई साइक्लिङ, टावर रेस्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरू उपलब्ध छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख श्री शङ्कर केसी र अन्य कर्मचारीहरूको उपस्थिति तथा अन्नपूर्ण केबलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखरा अन्नपूर्ण केबलकारमा केबलकारको सुविधामा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको कम्पनीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x