स्मार्ट चोइस टेक्नोलोजी ओम्नी च्यानल सोलुसन – “फास्ट बैंकिङ्ग“ सार्वजनिक

नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्कििएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरेको ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ्ग सार्वजनिक भएको छ ।

बुधवार होटेल रयाडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्वजनिक भएको हो ।

राष्ट्र बैंकका पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरू, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरू तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसनका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायज्यले एप (APP) अनावरण गरी सुरुवात गर्नुभएको थियो ।

स्मार्ट चोइस टेक्नोलोजिजका सञ्चालक सान्तराज बतासको स्वागत मन्तब्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो । स्मार्ट चोइस टेक्नोलोजी को संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले  फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताउनु भयो ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरी भुक्तानी  तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुसनमा थप सुविधाहरूका साथ ओपन एपीआइ API मार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिनु भयो र फास्ट बैंकिङ्गले बैंकको शाखाहरूमा हुने ग्राहक हरूको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत् रूपमा घटाउन सकिने जानकारी दिनु भयो ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नीरज ढुङ्गानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश पार्नुभयो ।  हाल ग्लोबल आइएमइ बैंकमा सञ्चालनमा ल्याई सकिएको यो सुविधा कसरी फरक छ र यो सुविधा सञ्चालन गरे पश्चात् बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभव बैंकका  ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख श्री प्रकाश पौडेलले साट्नु भयो । कार्यक्रम मा मन्तव्य दिँदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नवीनतम सेवाहरू विस्तार गर्दै जान शुभकामना दिनु भयो ।  कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष सुमन प्रोख्रेलले अनवरत रूपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रवर्द्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै धन्यवादका साथ कार्यक्रम समापन मन्तव्यमा व्यक्त गर्नु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x