ज्योति विकास बैंकको जहरसिंपौवा विस्तारित काउन्टर उद्घाटन


ज्ञानमाण्डू। ज्योति विकास बैंकले २०७९ साल, जेठ २३ गते बैंकको साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौँमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको कम्पनीले बताएको छ।

जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं।०३ का वडा अध्यक्ष श्री सूर्य बहादुर तामाङ र बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहक वर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको कम्पनीले जनाएको छ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै QR Code, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा ब्त्ः मार्फत सेवा प्रदान गर्दै आइरहेको कम्पनीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x