आइएमई इलेक्ट्रिकको नयाँ डिलर कुलमानले गरे महाराजगन्जमा गरिमा अटो कन्सर्नको उद्घाटन

आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगन्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।

उक्त डिलरको नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।


बुधबार राजधानी काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा कुलमान घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । नेपालले छिमेकी मुलुकबाट अर्बौँको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ । विशेष गरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठुलो बचत हुन्छ । आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवर्द्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई  र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।

कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले भन्नुभयो, “हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौँ र उहाँहरूलाई सफलताको कामना गर्दछौ । आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ । राफ्ट टु–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौँ । उहाँले भन्नुभयो, “हामीले उत्पादन बिक्री मात्रै गर्दैनौँ, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौँ” ।

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने, “म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी छन्”।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x