नेपाल बैङ्कले आज ६३ औँ वार्षिक साधारण सभा गर्दै



नेपाल बैङ्क लिमिटेडले पौष २९ गते (आज) ६३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभा बैङ्कको प्रधान कार्यालय, धर्मपथ, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।


सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।

बैङ्कको सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने रकम रु. २८ करोड ८१ लाख १८ हजार ९६ रुपैयाँ ६३ पैसा बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ रुपैयाँ १३ पैसा बराबरको नगद लाभांश (कर प्रयाेजनार्थ समेत) आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैङ्कले साधारण सभाको प्रयोजनका लागि पौष १४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x