सिटिजन्स बैङ्क इन्टरनेसनलको नाफा ३२.११ प्रतिशतले घट्यो, वितरण योग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ

सिटिजन्स बैङ्क इन्टरनेसनलको नाफा ३२.११ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले ८४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैङ्कले १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ६४ करोड रुपैयाँ र सञ्चित मुनाफा १० करोड ७१ लाख रुपैयाँ रहेको छ ।


Click here to join Gyanmandu.com's Viber Community

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.८८ प्रतिशतले बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात २.९९ प्रतिशत र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा र पछिल्लो कारोबार मूल्य रु २०५.४० को आधारमा मूल्य आम्दानी अनुपात १७.३३ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x