अभियान लघुवित्तको नाफामा ११.४५ प्रतिशतको वृद्धि

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ११.४५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको अभियान लघुवित्तले ३० करोड २१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ रहेको छ ।


अभियान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.९९ प्रतिशतले घटेर ४ करोड ४० लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.५३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ७२२ को आधारमा मूल्य आम्दानी अनुपात ५८.३१ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x