आज देखि सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फाल्गुन २६ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता सम्म तोकेको छ ।

कम्पनीको जारी पुँजीको रु. १०० अङ्कित दरको ३ करोड ३३ लाख २५ हजार कित्ता शेयरको १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको र १५ प्रतिशत बराबरको अर्थात् ४९ लाख ९८ हजार ७५० कित्ता शेयर मध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३७ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँड गरी बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) फाल्गुन ३० गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा चैत्र १० गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।


कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x