सबैको लघुवित्तले आज छैटौँ वार्षिक साधारण सभा गर्दै



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन २६ गते (आज) छैटौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा मर्स्याङ्दी रिभर भ्यू रिसाेर्ट, बन्दिपुर-५, तनहुँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १८ प्रतिशतका दरले हुन आउने रकम रु. ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.९५ प्रतिशतका दरले हुन आउने रकम रु. २५ लाख ५७ हजार ८९४ रुपैयाँ ७४ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले यस लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त अन्य "घ" वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्था प्राप्ति (एक्विजिशन) गर्ने वा शाखा खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि  नेपाल राष्ट्र बैङ्क समक्ष निवेदन दिने, सम्पत्ति र दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानुन तथा निर्देशनहरू अनुरूप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पुरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायबाट निर्देशन गरे बमोजिमका विवरणहरू उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन १२ गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x