Global Money Week को अवसरमा सनी सेक्यूरिटिजद्वारा आयोजित मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सफलताका साथ सम्पन्न

सनी सेक्यूरिटिजले २०७९ साल, चैत्र १० गते चितवन स्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सफलताका साथ सञ्चालन गरेको छ । Global Money Week 2023 को "Plan your money,Plan your future" भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी बिहान ७ देखि ९ बजेसम्म बालकुमारी कलेजमा र बिहान ९:30 देखि ११:३० सम्म प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा कुल एक सय ६ जनाको सहभागिता रहेको थियो।

sani securities
उक्त तालिम कार्यक्रमहरूमा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फण्ड तथा ऋणपत्र, शेयर बजारका जोखिम तथा जोखिम न्यूनीकरण लगायतका विषयहरूको चर्चा गरिएको थियो । कार्यक्रम विशेष गरी दोस्रो बजारमा लागिसकेका तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले यस्ता तालिम कार्यक्रमहरू आयोजना गर्दै आएकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x