सिटिजन इन्भेष्टमेन्ट ट्रष्टकाे संस्थापक शेयर आज देखि लिलामीमा

एन आई सी एशिया बैङ्क लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टकाे संस्थापक शेयर चैत्र १३ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ। लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको २५ हजार कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ७१७ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्न योग्य लगानीकर्ताहरूले चैत्र २० गते सम्ममा गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता वा सो भन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । सो कम्पनीको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x