आईटी ग्लोबलले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’

आईटी ग्लोबल प्रालिले काठमाडौँमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजीजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनको रूपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो । सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र नेक्स्ट जेनेरेसन फायरवाल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरेको सो कम्पनीले बताएको छ ।

इन्नोभेसन सेन्टर एउटा यस्तो प्लेटफर्म हो, जहाँ ग्राहकले डेटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र त्यसका पूर्वाधार छनौट गर्नुभन्दा अगाडि प्रविधिको अनुभव लिन र त्यसलाई भ्यालिडेट गर्न सक्ने पनि सो कम्पनीले जानकारी दिएको छ । बैङ्किङ, सरकारी, गैरसरकारी, दूरसञ्चार सेवा प्रदायक, फिनटेक लगायतका संस्थागत ग्राहकहरूलाई लक्षित गर्दै इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याइएको आईटी ग्लोबल प्रालिका सिइओ विश्व कर्मकारले बताउनुभयो । 

सेन्टरबाट आवश्यकता अनुसार विज्ञमार्फत सम्बन्धित प्रविधिको तालिम र परामर्श समेत उपलब्ध गराउने सोही कम्पनीले बताएको छ । बजारमा देखिएको प्रविधिको जागरूकता र दक्षताबिचको खाडललाई न्यूनीकरण गर्न इन्नोभेसन सेन्टरबाट तालिम र वर्कसप प्रदान गर्ने लक्ष्य रहेको कर्मकारले जानकारी दिनुभयो । सेन्टरबाट पुरानो प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण समेत गर्ने परामर्श विज्ञबाट दिइने सो कम्पनीले बताएको छ ।

आईटी ग्लोबल प्रालि नेपालका लागि सूचना प्रविधि कम्पनी डेलको वितरक हो । बजार व्यवस्थापन गर्ने र साझेदारको इकोसिस्टमलाई प्रविधिमा दक्ष बनाउने, आवश्यक सपोर्ट र सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x