बन्दीपुर केबलकार एण्ड टुरिजमको आईपिओ निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैँकिङ्ग लिमिटेड नियुक्त

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आई पिओ निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्ड बैँकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बन्दीपुर केबलकार एण्ड टुरिजमले रु. १०० अङ्कित दरको २५ लाख ८० हजार कित्ताको आई पिओ निष्कासन गर्न लागेको हो जसमध्ये चुक्ता पुँजीको २ प्रतिशत अर्थात् रु. ४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर परियोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई र १० प्रतिशत अर्थात् रु. २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणहरुकाे लागि छुट्टाइएको छ । आई पिओ निष्कासन गर्ने सम्बन्धमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ड बैँकिङ्ग लिमिटेड बिच सम्झौता भएको छ ।

आई पिओ निष्कासन सम्बन्धी सम्झौता लिखतमा मिति २०७९ चैत्र १५ गते बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले र नेपाल एसबिआई मर्चेण्ड बैँकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारीले हस्ताक्षर गर्नुभएको छ । साथै, कम्पनीले २०८० वैशाख २५ गते केबुलकार सञ्चालन परीक्षण मिति र मङ्सिर ०१ गते हाेटल सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

75.00%
16.67%
0.00%
0.00%
8.33%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x