आरविवि म्युचुअल फण्ड १ काे न्याभमा सामान्य गिरावट, जम्मा आम्दानी ऋणात्मक


ज्ञानमाण्डू। आरविव म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।

आरविवि म्युचुअल फण्ड १ काे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.०१ ले घटेर ९ रुपैयाँ ४१ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने आरविवि म्युचुअल फण्ड १ काे न्याभ ९ रुपैयाँ ४२ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने १.३८ प्रतिशतले बढेर ७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान ७ करोड २७ लाख रुपैयाँ पुगेको थियो।

बैशाख मसान्तसम्म आइपुग्दा आरविवि म्युचुअल फण्ड १ काे जम्मा आम्दानी ५ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी ५ करोड १० लाख रुपैयाँले ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा नाेक्सान १.३७ प्रतिशतले घटेको देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म २ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ।

आरविवि म्युचुअल फण्ड १ ले बैशाख मसान्तसम्म ४८ करोड ३१ लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी आरविवि म्युचुअल फण्ड १ ले १८ करोड ७५ लाख रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा १० करोड रुपैयाँ लगानी गरेको छ।

आरविवि म्युचुअल फण्ड १ काे बैकं मौज्दातमा भने ३८ करोड ४२ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x