अपि पावर कम्पनीले जेष्ठ १८ गते देखि हकप्रद शेयरहरू लिलामी प्रक्रियाबाट विक्री गर्दै


ज्ञानमाण्डू। अपि पावर कम्पनी लिमिटेडको आवेदन नपरेका केही हकप्रद शेयरहरू जेष्ठ १८ गते देखि जेष्ठ २६ गते सम्म लिलामी प्रक्रियाबाट विक्री हुने भएक छन् । कम्पनीले हकप्रद १ बराबर ०.३९३६ को अनुपातमा हकप्रद शेयर चैत्र २५ गते देखि बैशाख १५ गतेसम्म बिक्री खुल्ला गरेकोमा सर्वसाधारण समूहतर्फ ४ लाख ४९ हजार ३२८ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागी कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

इच्छुक आवेदकहरूले अपि पावर कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडौँ, मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँ र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर बाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन्।

सो कम्पनीको शेयरकाे शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति जेष्ठ २६ गते सम्म रहेको कम्पनीले जनाएको छ भने शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x