यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको चौँथो कारोबार दिन नेप्से परिसूचक १५ दशमलव १३ अङ्कले बढेर १९२० दशमलव १२ को विन्दुमा कायम भएको छ। आज कूल २७३ कम्पनीहरूका २५ लाख ७९ हजार ३२५ कित्ता शेयर रु. ८७ करोड २१ लाख ४१ हजार ११६ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्तको प्रवर्द्धक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ८ करोड ८३ लाख १३ हजार ३०० बराबरको शेयर कारोबार भयो । त्यस्तै,नबिल बैङ्कको रु ३ करोड ६६ लाख १७ हजार ८२३ बराबरको शेयर कारोबार भएको छ।


यता, एन आई सी एशिया बैङ्कको ३ करोड १८ लाख ५६ हजार ५३४ कारोबार हुँदा शिवम सिमेन्टस् लिमिटेडको रु ३ करोड १७ लाख ८५ हजार ७६९ शेयर र निफ्राको २ करोड ३९ लाख ४७ हजार ९६९ा बराबरको शेयर कारोबार भएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x