सामुदायिक विद्यालयहरू मध्ये रुपन्देहीका विद्यालय अग्र स्थानमा



नेपालका सामुदायिक विद्यालयमध्ये रुपन्देही जिल्लाका सामुदायिक विद्यालयमा आकर्षक धेरै देखिएको छ । सबै भन्दा धेरै विद्यार्थी भएका सामुदायिक विद्यालयको सूचीको शीर्ष ३ मा रुपन्देहीका सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये कालिका मानवज्ञान मावि,बुटवलमा भर्ना हुने विद्यार्थी सङ्ख्या ७ हजार ६११ रहेको छ । त्यस्तै कान्ति मावि, बुटवल (५ हजार २४९ जना) र शान्ति नमुना मावि, तिलोत्तमा (५ हजार १५५ जना) रहेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउनको लागि सो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने र सोको अभिवृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०७६/७७ देखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहँदै आएको छ । जस अन्तर्गत सामुदायिक विद्यालयको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री र विद्यालयको भौतिक संरचना जस्तै कक्षाकोठा, शौचालय, र सूचना प्रविधि प्रयोगशालाहरू निर्माण गर्नको लागि आवश्यक अनुदान वितरण हुँदै आएको छ ।

अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७ को कार्यान्वयन, विद्यालय भर्ना अभियान, शिक्षामा बढ्दो सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण सामुदायिक विद्यालयमा खुद भर्ना दरमा उल्लेख्य सुधार हुँदै गएको छ ।

साथै चार हजार भन्दा बढी विद्यार्थीहरू भएका विद्यालयहरूको सङ्ख्या बढ्दो देखिन्छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सुकुना मावि, सुकुना, माेरङ्ग (४,६८८ जना), जनता मावि, बेलापत्ती, धनुषा (४,६०६ जना), ज्ञानोदय, मावि, पुरानो कालीमाटी, काठमाण्डाैँ (४,१९९ जना), विश्वनिकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ (४,१७८ जना) र पद्माेदया मावि, भरतपुर, दाङ (४,०६० जना) विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

त्यसै गरी तिन हजार भन्दा बढी विद्यार्थीहरूलाई अध्यापन गराउँदै आइरहेका विद्यालयहरूको सङ्ख्या तुलनात्मक रूपमा वृद्धि भएको देखिन्छ । तथ्याङ्क अनुसार त्रिजुद्ध महाविर रघुविर राम मावि, बिर्ता पर्सामा (३,७३२ जना), बागेश्वरी मावि, ताैलाछें, भक्तपुरमा (३,६६६ जना), दुर्गालक्ष्मी नमुना मावि, अत्तरिया, कैलालीमा (३,४७७ जना), नेपाल आदर्श मावि, शिवपुर, कपिलवस्तुमा (३,३८४ जना), धुलाबाली मावि, धुलाबारी, झापामा (३,३२३ जना), जनता मावि, कटहरिया, रौतहटमा (३,२८७ जना) र पाेखरिया मावि, हिमाली टोल, माेरङ्गमा (३,२६३ जना) विद्यार्थीहरूले पढ्दै आएका छन् ।

नेपालमा शैक्षिक सत्र २०७९ मा कुल विद्यालय सङ्ख्या ३६ हजार ३२ पुगेको देखिन्छ । जस अन्तर्गत सामुदायिक विद्यालयले ७५.९ प्रतिशत अंश ओगटेको छ । तथ्याङ्क अनुसार १५ वटा सामुदायिक विद्यालयहरूमा ३ हजार भन्दा बढी विद्यार्थी रहेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x