धितोपत्र बजारमा २.९४ अङ्कको गिरावट, नेप्से २०९१.३९ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २ दशमलव ९४ अङ्कले घटेर २०९१ दशमलव ३९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ८२ अङ्कले बढेर ३९२ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

आज कूल २७६ कम्पनीहरूका १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर रु. ४ अर्ब ७४ करोड ०६ लाख ०८ हजार ८८० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ८ दशमलव ३२ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८१.८६ अङ्कले, जलविद्युत उपसमूह १९.८० अङ्कले, जीवन बिमा उपसमूह १९३.८० अङ्कले, उत्पादन उपसमूह ५२.५४ अङ्कले, लघुवित्त उपसमूह २९.१३ अङ्कले, निर्जीवन बिमा २७७.२५ अङ्कले र ट्रेडिङ उपसमूह १२.०८ अङ्कले घटेका छन् । यता विकास बैङ्क उपसमूह १३१ दशमलव ३७ अङ्कले बढ्दा वित्त उपसमूह ८९ दशमलव ९० अङ्कले, लगानी उपसमूह उपसमूह २.२३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ४६ अङ्कले र अन्य उपसमूह ३३.१३ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x