संस्थापक शेयर बिक्री गर्दै हिमालयन लाइफ इन्स्याेरेन्स



हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेडका संस्थापक शेयरधनीले ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो संस्थापक शेयरको मूल्य प्रति कित्ता रु. ३१० रहेको छ ।

यसमा ०२ साउनदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०२ साउनबाट सो कम्पनीमा आइपुग्ने गरी लिखित निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x