सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्दै

सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०८ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०८ वैशाखबाट सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा कानुन बमोजिम संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x