एसी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइ बिच सहकार्य

एसबी सोल्युसन्सले सिंगापुर स्थित फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई कम्पनी बिच एआइमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउनका लागि सहकार्य गरेको हो ।

सो रणनीतिक साझेदारीले गर्दा नेपालका बैङ्क तथा अरू वित्तीय संस्थाहरूले एआइको प्रयोग गरिएको उत्कृष्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्ने सो कम्पनीले बताएको छ । फिनबोट्सको एआइ क्रेडिटएक्सले क्रेडिट स्कोरिंगमा पनि धेरै नै सहयोग गर्ने सो कम्पनीले जानकारी दिएको छ । क्रेडिट एक्स धेरैले रुचाएका छन्, किनभने यसले एकदमै सही डेटा, छिटो समयमा दिने गर्दछ र उक्त प्रडक्ट तुलनात्मक रूपमा सस्तो पनि रहेको छ ।

फिनबोट्स डट एआइका संस्थापक तथा सिइओ सञ्जय उप्पालका अनुसार एसी सोलुसनसँग सहकार्य गरेर क्रेडिटएक्सलाई नेपाल ल्याउन पाउँदा कम्पनी एकदमै खुसी रहेको बताउनुभएको छ । उहाँले कम्पनीको लक्ष्य एआइमा आधारित क्रेडिट स्कोरिंङ फिचर नेपाली वित्तीय संस्थाहरूलाई दिएर सशक्तीकरण गर्ने रहेको समेत बताउनुभयो । सो सहकार्यले क्रेडिट अन्डरराइटिंङको प्रक्रियालाई पनि सहज पुर्‍याउने दुवै कम्पनीको विश्वास रहेको छ ।

सो प्रडक्टको प्रयोग मार्फत स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुने कम्पनीले दाबी गरेको छ । क्रेडिटएक्सले परिचालन दक्षता २० प्रतिशतले वृद्धि र लागत २० प्रतिशतले कम गर्नका लागि पनि मद्दत गर्ने सो कम्पनीले बताएको छ । एसी सोल्युसन्सका संस्थापक तथा सिइओ सन्जोग मिश्राले क्रेडिटएक्सले एसी सोल्युसन्सको इनोभेटिम सोल्युसन प्रदान गर्ने लक्ष्यसँग मेल खाने हुँदा सहकार्य प्रति एकदमै हर्षित रहेको जनाउनुभएको छ ।

एसी सोल्युसन्स र फिनबोट्स डटएआइ दुवै एआइ–सञ्चालित क्रेडिट स्कोर कार्डहरूको सहज एकीकरण सुनिश्चित गर्नका लागि नेपालमा वित्तीय संस्थाहरू, नियामकहरू र उद्योग सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको सो कम्पनीले बताएको छ । जसले, देशमा वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन मद्दत गर्ने कम्पनीको बुझाइ रहेको सोही कम्पनीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x