मुक्तिनाथ विकास बैङ्कद्वारा बैङ्कका ग्राहकहरूलाई “रामनगर सामुदायिक हस्पिटल” मा विशेष छुट

मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको “रामनगर सामुदायिक हस्पिटल प्रा. लि. ” (Ramnagar Samudayik Hospital Pvt. Ltd.) सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामनगर सामुदायिक हस्पिटलको विभिन्न सेवाहरूमा विशेष २० % सम्म छुट प्राप्त गर्न सक्ने सो कम्पनीले बताएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x